दाङ, २८ जेठ । दाङको तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अवस्था अझै पनि अज्ञात रहेको छ ।
शुक्रबार अपहरणमा परेका तुलसीपुर व्यापारी श्रेष्ठको अवस्था आइतबार बिहानसम्म पनि अज्ञात रहेको छ । श्रेष्ठलाई कसले के कारण अपहरण गरेको हो वा के भएको हो ? भन्ने विषयमा कुनै जानकारी पत्ता लाग्न सकेको छैन ।
श्रेष्ठका आफन्तले श्रेष्ठको सकुशल रिहाका लागि अपील गरेका छन् । प्रहरीले पनि श्रेष्ठको खोजतलासमा तीब्रता दिएको जनाएको छ ।
शुक्रबार राति ८ बजे श्रेष्ठलाई अपरिचति समूहले तुलसीपुरबाट अपहरण गरेको थियो ।
दाङ जिल्लाका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले श्रेष्ठको कलडिटेलका आधारमा घटनाको छानविन भइरहेको बताए ।
श्रेष्ठ सवार वा.१२ च १०७१ नम्बरको निजी जिप र भारतीय नम्बर प्लेटको गाडी समेत सल्यानको कपुरकोट गाउँपालिका सिनवाङ्ग र रिमको बीच जंगलमा पर्ने शीतल बजारमा फेला पारेको सल्यान प्रहरी प्रमुख श्याम खत्रीले जानकारी दिए ।
श्रेष्ठसंगै घोराहीका ठेकेदार रनबहादुर घर्ती र अर्की एक महिला समेत अपहरणकारीले संगै लगेर गएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
श्रेष्ठ विगत लामो समयदेखि तुलसीपुरमा कपडाको व्यापार व्यवसाय गर्दै आएका छन् ।












प्रतिक्रिया