३ कार्तिक २०८३, मंगलबार

भेडीखर्के साइँला दीर्घराज अधिकारीलाई सम्मान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेसीशहर, २८ जेठ । ठाडोभाका शिरोमणि भेडीखर्के साहिला राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोष राष्ट्रिय पुरस्कारबाट उनी सम्मानित भएका हुन् ।

कार्यक्रममा भेडीखर्के साहिलालाई हरिदेवी कोइराला साहित्य संगीत राष्ट्रिय पुरस्कारबाट कार्यक्रमका प्रमुख अतिथि लमजुङका स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देल, विशेष अतिथि सुन्दरबजार नगरपालिकाका प्रमुख जनक मिश्र, सभाका अध्यक्ष कृष्णप्रसाद बास्तोला र कोषका संरक्षक रामबहादुर कोइरालाले संयुक्त रुपमा सम्मान गरेका थिए ।

यो पुरस्कार हरेक २/२ वर्षमा प्रदान गरिन्छ । उक्त पुरस्कार पाउने भेडीखर्के चौथो व्यक्तित्व हुन् । सो अवसरमा लमजुङको मौलिक पहिचानको रूपमा रहेको ठाडोभाकाका शिरोमणि भेडीखर्के साहिलालाई राज्यले सो उपाधि दिनका लागि लविङ गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले कार्यक्रमको सहआयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङको माग अनुसार राज्यकातर्फबाट भेडीखर्के साहिलालाई ठाडोभाका शिरोमणि उपाधी दिनका लागि सहकार्य सहितका आवश्यक सबै पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले मुलुककै आर्थिक समृद्धिको आधारमध्ये एक रहेको पर्यटनको विकासका लागि आफ्नो लोकसंस्कृतिको पहिचान दिने ठाडोभाका जस्तो सबै प्रकारका लोकभाकाको संरक्षण हुनुपर्नेमा जोड दिए ।