१५ कार्तिक २०८३, आइतबार

एमालेबाट विराटनगरमा ढकालले पाए टिकट, धरान र इटहरीमा पनि टिकट बाँडियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । नेकपा (एमाले)ले विराटनगर महानगरपालिकाको मेयरमा विनोद ढकाललाई उठाउने निर्णय गरेको छ ।

एमाले स्थायी कमिटीको शनिबार बसेको बैठकले ढकाललाई उम्मेदवार बनाउने निर्णय लिएको हो । उपमेयर भने छनौट गर्न बाँकी छ । राजधानी दैनिकले समाचार छापेको छ ।

यसैगरी धरान उपमहानगरपालिकाको मेयरमा तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारीलाई उम्मेदवार बनाइएको छ । इटहरी उपमहानगरपालिकाको मेयरमा द्वारिकालाल चौधरी र उपमेयरमा लक्ष्मी गौतमलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।