३ कार्तिक २०८३, मंगलबार

‘म्युजिक अवार्ड’को मनोनयन सार्वजनिक (सूचीसहित)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । छैटौं म्युजिक खबर ‘म्यजिक अवार्ड २०७४’ को मनोनयन सार्वजनिक भएको छ । गत २०७३ वैशाखदेखि चैतसम्म सार्वजनिक भएका गीतसंगीतको विभिन्न ३४ विधाको सर्वोत्कृष्ट पाँचभित्र पर्न सफल गीतको मनोनयन सार्वजनिक गरिएको हो ।

म्यूजिक खबरको आयोजनामा विगत ६ वर्षदेखि आयोजना हुँदै आइरहेको म्यूजिक खबर म्यूजिक अवार्डको यो छैटौं संस्करण हो । आगामी असार २९ गते राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा सम्पन्न हुन गइरहेको यस अवार्डको सहआयोजकका रुपमा भने सांस्कृतिक संस्थान जमल रहेको छ ।

राष्ट्रिय भाव, पप, लोकदोहोरी, चलचित्र र आधुनिक गीतसंगीतका विभिन्न १ सय ७० स्रष्टा र सिर्जनाहरु उत्कृष्ट पाँचभित्र पर्न सफल भएका छन् ।

गीतसंगीतको क्षेत्रलाई चलायमान बनाउँदै स्रष्टाको सम्मान, सिर्जनाको सम्मान गर्दै गीतसंगीतको क्षेत्रलाई सम्बद्र्धन, प्रबद्र्धन गर्दै गीतसंगीतमा लाग्नेहरुका लागि उर्जा प्रदान गर्नका लागि यो अवार्डको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

यस अवार्डलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्दै गीतसंगीतको क्षेत्रमा लागेका पत्रकार, बाल प्रतिभा, डायस्पोरा, दीर्घसाधना सम्मान, दशकको सम्मान लगायका सम्मानबाट पनि स्रष्टाहरुलाई सम्मान गरिँदै आइएको आयोजक संस्था म्यूजिक खबरले जनाएको छ ।

सर्वोत्कृष्ट ५ मा पर्न सफल विधाहरु निम्नबमोजिम रहेका छन्ः

१.सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत

क) आफ्नै घर महेश आचार्य

ख) बिरामी छ देश आज डा.नवि अधिकारी

ग) म जहाँ गएनी दीपसागर थापा

घ) हातका ठेला नृपध्वज खड्का

ङ) हाम्रो देश हामी नेपाली विदुर खड्का

२. सर्वोत्कृष्ट पप गायिका

क) आकांक्षा बस्याल म पग्लन्छु

ख) एन्जिला रेग्मी कपुरी क

ग) दीपा पन्त झट्का

घ) माण्डवी त्रिपाठी ढोल बज्यो

ङ) योजना पुरी म बस्नै नसक्ने

३. सर्वोत्कृष्ट पप गायक

क) अमिर देउला मेरो भविश्य

ख) उदेश श्रेष्ठ ती नजर

ग) डेबिट शंकर आइकम विकम

घ) सुरज श्रेष्ठ भुल्यौ कि

ङ) श्याम सामसोङ पर्दाफास भो

४. सर्वोत्कृष्ट पप संगीतकार

क) कल्याण सिंह म पग्लन्छु

ख) राजकुमार झट्का

ग) राजु सिंह भुल्यौ कि

घ) राहुल प्रधान कहाँ पुगेँ म

ङ) विपिन आचार्य ढोल बज्यो

५. सर्वोत्कृष्ट नवप्रतिभा दोहोरी

क) चुडामणी नेपाली म तिम्रो हैन भने

ख) मिलन लोप्चन झिने चुरा

ग) रविन लामिछाने गोर्खातिर जानु

घ) राजकुमार बस्नेत जीवन धराप छ

ङ) हरि विमर्शी सँगै हुने कहिले

६. सर्वोत्कृष्ट नवप्रतिभा दोहोरी महिला

क) एलिना खनाल धाराको पानी

ख) कल्पना सुनुवार डाँडैमा विजुली

ग) कुसुम क्षेत्री दाइ भनेर मरि

घ) मिना थापा सँगै हुने कहिले

ङ) मेनुका सोनी मायाले सम्झना
७. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला

क) अञ्जली अधिकारी मायाको पोको

ख) गीता राई निष्ठुरी मायालु

ग) पार्वती राई डाँडैमा विजुली

घ) पूर्णिमा श्रेष्ठ झिने चुरा

ङ) रश्मी तामाङ आज गाउँमा

८. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष दोहोरी

क) दुर्गेश थापा तिमी फूल हौ काली

ख) ध्रुव हिमाली आफैं बाटो मोडे पनि

ग) पीएन सपाकोटा सँगै नहुँदा

घ) शंकर बिसी डाँडैमा विजुली

ङ) शंकर बिसी झ्याउँकिरी

९. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक दोहोरी

क) एकिन्द्र सारा शंकर आफैं बाटो मोडे पनि

ख) प्रकाश भट्ट डाँडैमा विजुली

ग) प्रकाश भट्ट झिने चुरा

घ) विक्रम चौहान साउदी मलेसिया

ङ) शंकर बिसी झ्याउँकिरी

१०. सर्वोत्कृष्ट शब्द दोहोरी

क) आँसु झारिरहेँ कस्तुप पन्त

ख) जीवन धराप छ अनिल खनाल

ग) बासिसक्यो भाले रमेश बिजी

घ) म तिम्रो होइन भने त बबिता बानियाँ

ङ) माया गर्छु छोड्छु नभन गायत्री थापा

११. सर्वोत्कृष्ट भाका दोहोरी

क) उही खोलीमा पानी वसन्त थापा

ख) चिनो रुमाल सागर गुरुङ

ग) बासिसक्यो भाले वीरबल ढकाल

घ) मनमा आगो सल्क्यो राजन ठकुरी

ङ) मायाले सम्झना सुजन लम्साल

१२. सर्वोत्कृष्ट गायिका दोहोरी

क) जुनु रिजाल आज गाउँमा

ख) देवी घर्ती उही खोलीमा पानी

ग) पूर्णकला बिसी तिमी फूल हौ काली

घ) मुना थापा गोर्खातिर जानु

ङ) शर्मिला गुरुङ म तिम्रो होइन भने त

१३. सर्वोत्कृष्ट गायक दोहोरी

क) कृष्ण रेउले आज गाउँमा

ख) भागीरथ चलाउने माया जोख्ने तुलो

ग) मेक्सम खाती कति माया गर्छु

घ) विरही कार्की डाँडैमा विजुली

ङ) राजन गुरुङ उही खोलीमा पानी

१४. सर्वोत्कृष्ट लोकगीत

क) आमाको तस्विर हातैमा विरही कार्की

ख) जाले रुमाल बाबुराम अधिकारी

ग) जोवन गैसक्यो रञ्जिता थापा

घ) निभेको आगो मौसम गुरुङ

ङ) माकुर माकुर घुर प्रकाश सपुत

१५. सर्वोत्कृष्ट चलचित्र गीतकार

क) आकाश अधिकारी पागल (के म तिम्रो होइन र)

ख) ऋषिराज आचार्य सुन्तलीलाई (सुन्तलीलाई भगाइ लग्यो झिल्केले)

ग) दयाराम पाण्डे तिमी साथमा हुँदा (पलाँस)

घ) लक्ष्मण सुवेदी घिटिघिटी (लालजोडी)

ङ) लेखु सहयात्री पिक्चर हिट (किस्मत २)

१६.सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिकाक) अन्जु पन्त पूर्वपश्चिम रेल (छक्का पन्जा)

ख) दुर्गा परियार मेरो जिन्दगीमा (ब्रासलेट)

ग) मिलन अमात्य आँखालाई के दोष (राधा)

घ) मेलिना राई शिरैमा शिरबन्दी (हाउ फन्नी)

ङ) सहिमा श्रेष्ठ पिक्चर हिट (किस्मत २)

१७. सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक

क) कालिप्रसाद बास्कोटा सुन्तलीलाई (सुन्तलीलाई भगाइ लग्यो झिल्केले)

ख) कृष्ण काफ्ले देखन चम्पा (छक्का पन्जा)

ग) कृष्ण काफ्ले पिक्चर हिट (किस्मत २)

घ) युवराज चौलागाई मेरो जिन्दगीमा (ब्रासलेट)

ङ) राजेशपायल राई आकाशैमा (दर्पणछायाँ २)

१८. सर्वोत्कृष्ट चलचित्र संगीतकार

क) अर्जुन पोखरेल तिमी साथ हुँदा (पलाँस)

ख) दिपक शर्मा देखन चम्पा (छक्का पन्जा)

ग) राजनराज शिवाकोटी पूर्वपश्चिम रेल (छक्कापन्जा)

घ) वसन्त सापकोटा छपक्कै (राधा)

ङ) विकास चौधरी लाहुरे आयो (पार्सल)

१९. सर्वोकृष्ट गजलक) अजम्बरी माया रमेश विमान

ख) तिम्ले त अन्तै मुटु शशि शर्मा मजगैँया

ग) नआउ भो राकेश काफ्ले

घ) बहारमा रमाउने गोविन्द प्र.उपाध्याय

ङ) सुनसान रात शेर्पिनी कान्छि

२०. सर्वोत्कृष्ट नवप्रतिभा महिला सुगम संगीत

क) इन्दु बानियाँ तिम्रो न्यानो

ख) नम्रता तामाङ ऐना हेरि

ग) मिरा कार्की शिरशिर

घ) सरिता त्रिपाठी खुट्टै ढोग

ङ) शोभा पाण्डे मैलाई माया

२१. सर्वोत्कृष्ट नवप्रतिभा पुरुष सुगम संगीत

क) कमल श्रेष्ठ लजालु

ख) किशोर शिवाकोटी उडी जाने रेल

ग) नविन थापा पाउँमा काँडा

घ) भुषण खतिवडा हाँसी हाँसी

ङ) मानदेव ताजपुरिया भुलौं भुलौं

२२. सर्वोत्कृष्ट भिडियो मोडल महिला सुगम संगीत

क) केकी अधिकारी हाँसी हाँसी

ख) खुश्बु खड्का तिमी बोल

ग) बर्षा शिवाकोटी कहिले पनि नबोलेको

घ) रक्षा श्रेष्ठ कपुरी क

ङ) कर्मै खोटी सुप्रिया कटवाल

२३. सर्वोत्कृष्ट भिडियो मोडल पुरुष सुगम संगीत

क) के.के. अधिकारी झट्का

ख) निराजन प्रधान हे गोरी

ग) पुष्पल खड्का हाँसी हाँसी

घ) सनम कठायत कर्मै खोटी

ङ) सागर लम्साल कपुरी क

२४. सर्वोत्कृष्ट भिडियो छायाँकार सुगम संगीत

क) अर्जुन तिवारी हाँसी हाँसी

ख) उत्सव दाहाल तिम्रै पिरले

ग) नवीनबाबु गुरुङ बादलसँगै

घ) रविन्द्र बराल शिर शिर

ङ) हरि हुमागाइँ झुल्केको घाम

२५. सर्वोत्कृष्ट भिडियो सम्पादन सुगम संगीत

क) टेकेन्द्र शाह हजार चोट

ख) टेकेन्द्र शाह सानो सानो

ग) निशान घिमिरे तिम्रै पिरले

घ) विज्ञान राई झुल्केको घाम

ङ) वीरेन्द्र भाट बाटोमा ढुंगा

२६. सर्वोत्कृष्ट भिडियो निर्देशक सुगम संगीत

क) अर्जुन अधिकारी छुटाउन खोज्ने

ख) नारायण ढकाल हजार चोट

ग) सनम अधिकारी तिमी बोल

घ) विशाल भण्डारी हाँसीहाँसी

ङ) युवराज वाइबा मन भमरा

२७. सर्वोत्कृष्ट ध्वनि मुद्रण सुगम संगीत

क) काँडा छोए फूल किशोर थापा

ख) खुट्टै ढोग शम्भु तण्डुकार

ग) धेरै पछि गोविन्द सोनी

घ) म लडेको सत्यम नेपाल

ङ) मायालु तिम्रो राजाइमा भोला पौडेल

२८. सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत

क) अलमोडा नभेटी नभेटी

ख) फणिन्द्र राई रुम्जाटारे सोल्टी

ग) बी.बी अनुरागी हुरीमा दियो

घ) विष्णु अधिकारी खुट्टै ढोग

ङ) सुदीप सागर मायालु तिम्रो रोजाइमा

२९. सर्वोत्कृष्ट युगल गायन सुगम संगीत

क) धेरै पछि भिषण मुकारुङ र सुनिता थेगिम

ख) जीवन साथी प्रमोद खरेल र गौरी मल्ल

ग) तिमी मलाई मन पर्छ टीका प्रसाईं र सञ्जीव पराजुली

घ) तिम्रो आँखाको भाका सुरज कुमार थापा र निखिता थापा

ङ) हाम्रो माया पिरतीको सिडी विजय अधिकारी र मनिषा राई

३०. सर्वोत्कृष्ट गीतकार सुगम संगीत

क) डा. कृष्णहरि बराल नदेख्नु पथ्र्यो

ख) पूजा मारिया सुस्तरी सुस्तरी

ग) विपिन किरण खुट्टै ढोग

घ) डा.विष्णु रजनी मायालु तिम्रो रोजाइमा

ङ) सुरेन्द्र महर्जन म भन्दा नि

३१. सर्वोत्कृष्ट गायिका सुगम संगीत

क) अन्जु पन्त मैले हार्दा

ख) जुना प्रसाई नजरमा तिम्रो

ग) टीका प्रसाई परें माया जालैमा

घ) दुर्गा परियार मनमा पीडा

ङ) मेलिना राई म भन्दा नि

३२. सर्वोत्कृष्ट गायक सुगम संगीत

क) मनोजराज मायालु तिम्रो रोजाईमा

ख) रामकृष्ण ढकाल म लडेको मात्रै

ग) रामभक्त जोजिजू हारमा पनि

घ) शिव परियार नभेटी नभेटी

ङ) त्रिलोक राना काँडा छोए फूल

३३. सर्वोत्कृष्ट संगीतकार सुगम संगीत

क) गैरे सुरेश मेरो चरित्रमा

ख) प्रेम अर्याल मनमा पीडा

ग) राजशुक्रम लिम्बू कहिले पनि नबोलेको

घ) सुनिल मास्के काँडा छोए फूल

ङ) हरि लम्साल म लडेको मात्रै

३४. सर्वोत्कृष्ट एल्बम सुगम संगीत

क) आवरण रामकृष्ण ढकाल (विन्ध्यावसिनी म्यूजिक)

ख) मितज्यू गौरव वसन्त

ग) वरदान त्रिलोक राना (भाइब्स क्रियशन)

घ) सुरभी विपिन किरण (म्यूजिक नेपाल)

ङ) शङ्का शोभा पाण्डे (विन्ध्यवासिनी म्यूजिक)