१ कार्तिक २०८३, आइतबार

अध्यक्षका प्रत्यासी थापाद्वारा गभर्नरसँग भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाको उपाध्यक्ष तथा अध्यक्षकी प्रत्यासी रविना थापाले मेरिल्याण्ड राज्यका गभर्नरसँग भेट गरेकी छिन् ।

उपाध्यक्ष थापाले सम्पूर्ण नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेपाली समुदायको लागि बिशेष विषयहरू उठाएको ज्ञापन पत्र समेत दिएकी छिन् । थापाको पत्र स्वीकार्दै गभर्नरले विविध विषयमा जानकारी लिए ।

जवाफमा गभर्नरले आफूले पत्रको जवाफ छिट्टै दिने कुरा बताएका छन् ।

नेपाली समुदायले अमेरिकामा विभिन्न व्यवसाय, सिप र काम गरेर अमेरिकाको आर्थिक उन्नतिमा, ट्याक्स तिर्नेदेखि अन्य थुप्रै कुराहरूमा योगदान दिएको उल्लेख गरिएको छ ।

नेपालीहरूको जनसंख्याको वास्तविक आंकडा नरहेको भएता पनि अनुमानित २ लाख ५० हजारभन्दा धेरै रहेको अनुमान गरिएको छ ।