काठमाडौं, ३० असोज । अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले एन्फामा आफुले एक रुपैयाँ अनियमितता भएको प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् ।
बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गरेर एन्फा अध्यक्ष थापाले यस्तो चुनौति दिएका हुन् ।
उनले आफुले एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित गरे एक मिनेट पनि पदमा नवस्ने घोषणा गरे ।
उनले छानविनमा पूर्ण सहयोग गर्ने भन्दै छानविन निष्कर्षमा पुर्याउनसमेत आग्रह गरे । सार्वभौमसत्ताका नाममा आफुलाई अपमानित गर्ने काम भएको ‘पत्रकारका सामू उनले गुनासो समेत गरे ।
एन्फा अध्यक्ष थापाले अनियमिताको प्रमाणित भए आफूहरुमाथि भ्रष्टाचारको आरोप लगाउने एन्फाका चार पदाधिकारी पनि दोषी हुने बताए । थापाले लेखा समितिमा उजुरी दिने एन्फा पदाधिकारीलाई आजीवन क्षमा नदिने चेतावनीसमेत दिए ।
पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ, महासचिव धिरेन्द्र प्रधान लगायतले आफूहरुले गरेको कमजोरी देखाउन आग्रह गरे ।
थापालाई तीन दिन भित्र निलम्बन गर्न लेखा समितिले खेलकुद मन्त्री पुरूषोत्तम पौडेल र खेलकुद मन्त्रालयलाई केही दिन अघि निर्देशन दिएको थियो ।
आर्थिक अनियमितता भएको भन्दै थापालाई निलम्बन गर्दै उनको ठाउँमा अर्को कुनै व्यक्तिलाई राख्नसमेत समितिले निर्देशन दिएको थियो ।















प्रतिक्रिया