
ल्युब्ल्युयाना (स्लोभेनीया), २७ जेठ । स्लोभानीयाको राजधानी ल्युब्लियानाबाट गत सोमबार हराएका इराकका दुई शरणार्थी बालिका अष्ट्रियाको एउटा शहरमा भेटिएका छन् ।
जर्मनीसँगको सिमा क्षेत्रमा पर्ने अष्ट्रियाको साल्जबर्ग शहरमा ती बालिकाहरु आफ्नी आमासँगै भेटिएका र तीनै जना शुक्रबार विहान स्लोभेनीया फर्किएको स्लोभेनीयाको समाचार संस्था एसटीएले जनाएको छ ।
ती मध्ये एउटी बालिका नौ बर्षकी र अर्की ११ बर्षकी रहेको प्रहरीले जनाएको छ । उनीहरु आफ्नी आमासँग गत बर्ष कुनै कागजपत्र विना स्लोभेनीया आएका थिए ।
कुनै कागजपत्र नभएकाले उनीहरु स्लोभेनियाको जेलमा परेका थिए । गत सेप्टेम्वरमा ती बालिकाहरुले आफ्नो र आमाको सम्वन्धलाई कानूनी प्रक्रिया पुरा गर्नका लागि निवेदन दिएका थिए ।
ती बालिकाहरुले स्लोभेनीयामा आफ्नी आमा विरामी परेकाले आफूहरूलाई स्याहार गर्न नसक्ने भन्दै अन्तर्राष्ट्रिय संरक्षणका लागि पनि निवेदन दिएका थिए ।
ती आमा छोरीहरुको सम्बन्ध पुष्टी हुने कागजपत्रहरु नभएकाले यो विषय मानव बेचविखनसँग सम्वन्धित भएको आशङ्का व्यक्त गर्दै बिहीबार समाचारहरु आएका थिए । उनीहरु जर्मनी जाने क्रममा भेटिएका हुन् । – सिन्ह्वा














प्रतिक्रिया