२९ आश्विन २०८३, बिहिबार

हङ्कङमा आन्दोलन हिंसात्मक बन्दै गएपछि विद्यार्थीलाई वार्ताको लागि आह्वान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हङ्कङ (चीन), ३० असोज । हङ्कङमा करिब दुई हप्तादेखि प्रजातन्त्रको माग गर्दै सुरु भएको आन्दोलनलाई अन्त्य गर्न हङ्कङ्का वरिष्ठ नेताले बिहीबार वार्ताको लागि आह्वान गर्नुभएको समाचार छ ।

नेताद्धारा वार्ताको लागि विद्यार्थी नेताहरूलाई आह्वान गरेको बताइएको छ ।  यसअघि पनि हङ्कङ सरकारले आन्दोलनकारीलाई वार्ताको लागि आह्वान गरेको थियो ।

सो आह्वानलाई आन्दोलनकारीले अस्वीकृति गरिदिएका थिए । हङ्कङ कार्यकारी प्रमुख लेउङ्ग चुन यिङ्गले विगतका केही दिनयता र बिहीबार बिहानसम्म पनि हामीले विद्यार्थीहरूसँग समस्यालाई टुङ्गो लगाउन सार्थक वार्ताको लागि तेस्रोपक्ष (अन्तर्राष्ट्रिय जगत) मार्फत अनुरोध गरिरहेका छौँ’ भनि समाचारदाताहरूले बताउनुभएको छ ।

‘हामी आशावादी छौँ आगामी हप्ता विद्यार्थी नेतासँग वार्ताको टेबुलमा बसी अहिलेसम्मका भएका घटनाको समीक्षा गर्दै आन्दोलनलाई टुङ्गोमा पु¥याउने आशा गरेका छौँ’ यिङ्गले थप बताउनु भएको छ ।

आन्दोलनमा आन्दोलनकारीमाथि प्रहरीले यातना दिएको भिडियो सार्वजनिक भएपछि गत बुधबार आन्दोलन थप चर्किए थियो । त्यसपछि विद्यार्थी नेतालाई वार्ताको लागि आह्वान गरिएको बताइएको छ ।

प्रहरीले प्रदर्शनकारीमाथि यातना दिएको र सो क्रममा उसले अपाङ्ग प्रदर्शनकारीमाथि हमला गरी निर्घात रुपमा कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।

सो भिडियोमा प्रदर्शनका क्रममा सडकमा रहेका अपाङ्ग व्यक्तिलाई प्रहरीले घेराहाली उनीहरूलाई घोप्टो पारेर निर्घात रुपमा कुटपिट गरेका थिए ।

अपाङ्ग व्यक्तिहरू भाग्न नसक्ने भएकोले प्रहरीले उनीहरूमाथि निर्घात रुपमा कुटपिट गरेको सो भिडियोमा देखाइएको थियो ।

ती भिडियो सार्वजनिक भएपछि बुधबार आन्दोलन थप हिंसात्मक बनेको थियो । रासस/एएफपी