२१ कार्तिक २०८३, शनिबार

जोरपाटी लायन्स एकेडेमीको अभिभावक दिवस सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । लायन्स क्लब अफ काठमाडौं जोरपाटीद्धारा संचालित गोकर्णेश्वर नगरपालिका–८ स्थित जोरपाटी लायन्स एकेडेमीले शुक्रवार एकेडेमी प्रांगणमा एक विशेष कार्यक्रम गरी अभिभावक दिवस मनाएको छ ।

कार्यक्रममा एकेडेमीका उत्कृष्ट बालबालिकाहरुलाई पुरस्कुत गरिएको थियो । साथै प्रतिभाशाली विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

सोही अवसरमा मल्टिपल काउन्सील चेयरपर्सन लायन सुनिलभक्त श्रेष्ठ, डिस्ट्रिक्ट गभर्नर लायन कुमार राज सुवेदी सहित शिक्षा विभागका वरिष्ठ पदाधिकारीले एकेडेमीको खेल मैदानको समेत औपचारिक शुभारम्भ गर्नु भएको थियो ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लायन धनप्रसाद लामिछानले एकेडेमीलाई स्थापनाकाल देखि अहिले सम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको लागि अपील गर्नुभयो ।

अन्य वक्ताहरुले एकेडेमी नेपालका सबै लायनहरुका लागि गर्वको विषयको भएको भन्दै सहयोगको आश्वासन दिएका थिए ।

एकेडेमीले गोकर्णेश्वर नगरपालिकाबाट निर्वाचित मेयर, उपमेयर सहित नौ वटै वडाका अध्यक्षहरुलाई पनि सम्मान गरेको छ ।

नर्सरी देखि कक्षा ५ सम्म संचालित एकेडेमीमा अत्यन्त न्यून शुल्कमा ३ सय भन्दा बढी विद्यार्थीले गुणस्तरीय शिक्षा हासिल गरिरहेका छन् ।