
– सुदीप अधिकारी
बर्दिया, २६ जेठ । पूर्व पश्चिम राजमार्गको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जना सैनिकको ज्यान गएको छ । दुर्घटनामा अर्का सैनिक घाइते भएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जअन्र्तगत आम्बासा चेकपोष्टमा कार्यरत सैनिक प्युठ अनिल बुढा क्षेत्रीको उपचारका लागि भुरिगाउँ लैजादै गर्दा ज्यान गएको हो । अर्का सैनिक प्युठ रविन्द्र धनाडी घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
भे४प ५०६७ नम्बरको मोटरसाइकलमा आम्बासाबाट पश्चिम चिसापानीतर्फ जाने क्रममा निकुञ्ज क्षेत्रमा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते प्युठ धनाडी नर्सिङदल सुर्खेत दरबन्दी भई स्थानीय निर्वाचन सुरक्षार्थ सेनाको आम्बासा पोष्टमा काजमा कार्यरत थिए । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।












प्रतिक्रिया