४ कार्तिक २०८३, बुधबार

सल्यानमा पक्की पुल र सडक स्तरोन्नतीको काम अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मीना बुढाथोकी

सल्यान, २६ जेठ । सल्यानको सल्लीवजारदेखि रुकुम चौहरजारीसम्मको सडक खण्डको स्तरोन्नतीको काम अलपत्र परेको छ ।

सडक खण्डमा निर्माणाधीन पक्कीपुलदेखि सडकको स्तरोन्नतीको काम समेत अलपत्रमा परेको हो । सडकखण्डमा निर्माण हुन लागेका नाली र खोलाहरूमा सल्याप, होमपाई तथा तारजालीको काम अलपत्र अवस्थामा रहेको छ ।

निर्माण शुरु भएको एक वर्षभित्र सबै काम सम्पन्न गरी सक्नु पर्ने थियो । तर काम गर्ने ठेकेदार वेपता भएपछि सबै काम रोकिएको काममा संलग्न मजदुरहरुले बताएका छन् ।

सडक स्तरोन्नतीको काममा संलग्न मजदुरहरु पनि काम गरेको ज्याला नपाएपछि खाली हात घर फर्केका छन् ।

त्रिवेणी वजारमा निमार्णाधीन पक्की पुलसँगै अन्य क्षेत्रमा रहेको सडक स्तरोन्नतीको काम बिगत चार महिनादेखि ठप्प रहेको छ ।