२१ कार्तिक २०८३, शनिबार

खड्का माओवादी केन्द्र प्रवेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, २६ जेठ । नेपाली कांग्रेस बाँकेका प्रभावशाली नेताको रुपमा रहेका अमर खड्का पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । खड्का शुक्रबार औपचारिक कार्यक्रम गरी समर्थकसहित माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

खड्कासहित गौरब श्रेष्ठ, बिक्रम शाही, दीपक केसी, शम्भु बुढाथोकी, शंकर बुढाथोकी, बिष्णु चिडिमारसहितको समूहसहित माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

कांग्रेस बाँकेको निवर्तमान संगठन विभाग प्रमुख समेत रहेका खड्का हाल महासमिति सदस्य हुन् । खड्काले रुपान्तरणको अगुवाई माओवादी केन्द्रले मात्रै गर्न सक्ने भएका कारण आफूले कांग्रेस परित्याग गरेको समेत बताए ।

नेपाली कांग्रेस बाँकेका पूर्व सचिव विजय यादवले पनि कांग्रेस परित्याग गरेका छन् । यादव संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । खड्का पछिल्लो समय जिल्ला नेतृत्वसंग असन्तुष्ट थिए ।

खड्कालाई माओवादी केन्द्रका नेता महेश्वर गहतराज, आईपी खरेल, दामोदर आचार्य, अतहर हुसेन लगायतले टिका लगाएर पार्टीमा स्वागत गरे ।

माओवादी केन्द्र बाँकेका संयोजक आईपी खरेलले केहीदिनभित्रै पार्टीको बैठक बसी खड्कालाई उचित जिम्मेवारी दिने समेत जनाएका छन् ।