काठमाडौं, ३० असोज । मन्त्रिपरिषदले संविधानसभामा एमाओवादीका चार सभासद् मनोनित गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बिहीबारको वैठकले एमाओवादीले सिफारिस गरेका राममाया बोगटी, श्यामकुमार श्रेष्ठ, जनकराज जोशी र जनक बुढालाई सभासद् मनोनयन गरेको हो । अब संविधानसभामा काँग्रेसबाट एक र अन्य साना दलबाट गरी पाँचजना सभासद नियुक्त गर्न बाँकी छ ।
यसैगरी, मन्त्रिपरिषदले नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा मुकेश काफ्ले र राष्ट्रिय समाचार समिति (रासस) को कार्यकारी महाप्रबन्धकमा श्रीरामसिंह बस्न्यातलाई नियुक्त गरेको छ ।















प्रतिक्रिया