९ मंसिर २०८३, बुधबार

‘राजपाले भाग लिएन भने चुनावले बैधानिकता पाउँदैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका नेता महेन्द्र रायले माग सम्बोधन नहुँदासम्म कुनै पनि हालतमा निर्वाचनमा भाग लिन नसकिने बताएका छन् । उनले राजपा नेपालले निर्वाचनमा भाग लिएन भने चुनावको बैधानिकतामा प्रश्न उठ्ने बताए ।

संसदको शुक्रबारको बैठकमा सम्बोधन गर्दै नेता रायले संविधान संशोधन आफूहरूको बटम लाइन रहेको बताए । ‘हाम्रा साथीहरू जेलमा छन् । झठ्ठा मुद्दा लगाएर थुनिएको छ । शहीद घोषणा हुन सकेको छैन’, उनले भने, ‘यस्तो अवस्थामा कसरी चुनावमा भाग लिन सकिन्छ ?’

नेता रायले भने पहिला संविधान संशोधन गर्नुपर्ने भन्दै यथाअवस्थामा चुनावमा सहभागी हुन नसकिने बताए । उनले भने, ‘हामीले यो संविधान जलाइ सकेका छौँ । अब हाम्रा मागलाई यो सरकारले पूरा गर्छ भन्ने अपेक्षा लिएका छौँ ।’