काठमाडौं, २६ जेठ । एमालेका अध्यक्ष केपी ओली, पत्नी राधिका शाक्यसहितका नेताहरूले नेपाली फिल्ममा हेरेर मनोरञ्जन लिएका छन् ।
ओलीले राजधानीस्थित बीग मुभिजमा पुगेर बिहीबार दिउँसो तीन घण्टा नेपाली फिल्म हेरेका हुन् । फिल्म हेर्न संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष भीम रावलसहितका नेताहरू पुगेका थिए ।
विल्सन बिक्रम राई अर्थात ‘तक्मे बुढा’द्वारा अभिनित फिल्म ‘रातो घर’ हेर्न एमालेका शीर्ष नेताहरू फिल्म हल पुगेका हुन् । राईले फिल्म ‘रातो घर’ निर्माण गरेका हुन् ।
‘रोता घर’ फिल्ममा ओलीको गृह जिल्ला झापाका कतिपय दृश्य छायाँकन गरिएको छ ।
‘रातो घर’ फिल्ममा अत्याधिक हिंसाका दृश्य राखिएको भन्दै चलचित्रकर्मी र रंग पत्रकारहरूले आलोचना गरिसकेका छन् । ओलीले पनि ती हिंसाका दृश्यलाई खासै मन नपराएको एक एमालेका नेताले बताए ।
यद्यपि, एमाले अध्यक्ष ओलीले फिल्ममा ‘तक्मे बुढा’को अभिनयलाई भने रुचाए । ओलीले सञ्चारकर्मीसँग संक्षित प्रतिक्रिया दिँदै भने, ‘उहाँको अभिनय राम्रो लाग्यो ।’
फिल्मका निर्देशक सुरज सुब्बा नाल्वो हुन् । फिल्ममा विल्सनसंगै संयम पुरी, विकेश श्रेष्ठ, गौरव पहाडी, अनुराग मानसिंह कुँवर, मेनुका प्रधान, भानु प्रताप लगायतको अभिनय रहेको छ ।















प्रतिक्रिया