काठमाडौं, २५ जेठ । प्रभु बैक लिमिटेडले ग्राहकलाई बैकको केन्द्रीय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयबाट आश्वा सेवा एक रुपैयाँमै उपलव्ध गराउने भएको छ ।
यस प्रणाली अन्तर्गत धितोपत्र निष्काशन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त फारम बुझेर बैकमा भएको चल्ती, बचत वा कल खातामा रोक्का राखी दरखास्तको हिष्सा दिइने बैंकले जनाएको छ ।
धितोपत्र बाँडफाँट भएपछि निबेदकको नाममा शेयर बाँडफाँट भए बराबरको रकम मात्र खाताबाट कट्टागरी बाँकी रकम सोही खातामा फुकुवा गरिने जनाइएको छ ।
बैंकले यो सेवा अन्तर्गत यस बैंकका १३४ शाखाबाट दरखास्त लिने व्यवस्था सहित बैक खाता तथा डिम्याट खाता पनि सहजताका साथ खोल्ने व्यवस्था गरेको छ । आश्वा सेवा संचालन गर्ने इजाजत बैंकले गत माघ ५ गते पाएको हो ।















प्रतिक्रिया