९ मंसिर २०८३, बुधबार

विकिनी किलर चार्ल्स शोभराजबारे नयाँ खुलासा !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । केही समय अघि सेन्ट्रल जेलभित्रै ढलेका ‘विकिनी किलर’का नामले कुख्याती कमाएका चार्ल्स शोभराजको मुटुको शल्यक्रियाको तयारी भएको छ ।

कडा सुरक्षा घेरामा नियमित रुपमा मुटुको उपचार गराइ रहेका शोभराज केही दिन अगाडि ढलेपछि उनलाई तत्काल उपचार गराउन अस्पताल लगिएको थियो । त्यस बेला उनको मुटुमा समस्या देखिएको थियो ।

दैनिक नेपाल डटकमले चार्ल्स शोभराज बिरामी भएको समाचार केही दिन अगाडि प्रकाशित पनि गरेको थियो ।

स्रोतका अनुसार आउने शनिबार शोभराजको ओपन हार्ट सर्जरी हुनेछ । ७३ वर्षीय कुख्यात अपराधी शोभराज विगत १४ वर्षदेखि सुन्धारास्थित केन्द्रीय कारागारमा छन् ।

शहीद गंगालाल हृदय केन्द्रमा शोभराजको मुटुको शल्यक्रिया हुनेछ । शोभराजको मुटुको एउटा भल्भ पूरै काम नलाग्ने गरेर बिग्रिएको छ ।

फ्रान्सेली नागरिक शोभराजले थुप्रै हत्या गरेको अभियोग छ । उनलाई भारतलगायत थुप्रै देशले खोजी रहेका छन् ।

बिकिनी किलर शोभराजले १८ वर्षीया नेपाली युवती निहिता विश्वाससँग जेलभित्रै विवाह पनि गरेका थिए । अहिले शोभराज र निहिताबीच भेटघाट र सम्पर्क नरहेको बताइन्छ ।