काठमाडौं, २५ जेठ । मन्त्री छान्ने विषयमा विवाद भएपछि समाधान खोज्न नेपाली कांग्रेसका पदाधिकारी र शीर्ष नेताहरूको बैठक बसेको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा जारी बैठकमा मन्त्री छान्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफू खुसी मनपर्दी गुटका नेताहरूलाई मात्रै मन्त्री बनाएको भन्दै वरिष्ठ नेता रामचन्दै पौडेल समूहले विरोध गरेको थियो ।
पार्टीभित्रको आन्तरिक विरोधलाई व्यवस्थापन गर्न देउवाले पदाधिकारी र शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।
बैठकमा पौडेल समूहले ६०–४० को भागबण्डाको कुरा जोडदार रुपमा उठाउनेछ । पौडेल समूहले यसअघि आन्तरिक परामर्श समेत गरिसकेको छ ।
बैठकमा स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयर पदको टिकटका विषयमा छलफल हुनेछ ।












प्रतिक्रिया