३ कार्तिक २०८३, मंगलबार

श्रीदेवी पति बोनीसँग तीन महिना बोलिनन्

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । अभिनेत्री श्रीदेवी लामो समय श्रीमान् बोनी कपुरसँग खासै बोलिनन् । यो क्रम झन्डै तीन महिना चल्यो । आफ्नै श्रीमान्सँग किन बोलिनन् श्रीदेवी ? झगडा नै प-यो या अरू केही कारण ?

झगडा पक्कै होइन । आउँदै गरेको फिल्म ‘मम’को ट्रेलर सार्वजनिक कार्यक्रममा श्रीदेवीले खुलाइन्, ‘तीन महिनासम्म श्रीमान्सँग पनि केबल गुड मर्निङ र गुड नाइट मात्रै भयो, किनभने मेरो पूरा ध्यान फिल्ममा थियो । मैले निर्देशकको भिजनमा राम्रोसँग काम दिएकी छु ।’

श्रीदेवीको फिल्मीयात्रा ५० वर्ष पूरा भयो । फिल्म ‘मम’ बोनीले श्रीदेवीलाई यही उपलक्ष्यमा गिफ्ट दिएका हुन् । किनभने, निर्माता बोनी नै हुन् । – एजेन्सी