काठमाडौं । अभिनेत्री एवम् मोडल उषा खनालले नरेन्द्र प्यासीको स्वर रहेको म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । उषाले ‘सम्बन्ध छुट्यो…’ बोलको गीतमा भरखरै अभियन सकेकी हुन् ।
दीपक शर्माको संगीत रहेको सो गीतको म्युजिक भिडियोका निर्देशक अर्जुन अधिकारी हुन् । ‘लामो समयपछि म्युजिकि भिडियोमा अभियन गरेको छु’, उषाले भनिन्, ‘नरेन्द्र प्यासीको स्वरमा रहेको गीतमा खेल्नु आफैमा उत्कृष्ट हो ।’ यो गीतलाई यूट्यबमार्फत छिटै सार्वजनिक गरिनेछ ।
पछिल्लो समय ठूला व्यानरका फिल्महरूका लागि कुराकानी चलाइ रहेकी उषाले भनिन्, ‘केही ठूला व्यानरका फिल्ममा अभिनय गर्ने कुरा चलिरहेको छ । फिक्स भएको छैन । छिट्टै टुंगो लाग्छ ।’
स्वास्थ्यका कारण केही महिना आराम गरेकी उषाले भनिन्, ‘स्वास्थ्यमा समस्या भएपछि आराम पनि गर्नु प-यो । अब ठीक भएकी छु । फेरि अभिनयमा फर्किसकेकी छु ।’
















प्रतिक्रिया