९ मंसिर २०८३, बुधबार

लाजिम्पाट पुगे देउवा, सबै दलहरूको सल्लाहमा अगाडि बढ्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लाजिम्पाटस्थित निवासमा गएर भेटवार्ता गरेका छन् ।

दाहालको लाजिम्पाटस्थित निवासमा बेलुका पुगेर देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श गरेका हुन् ।

भेटवार्तामा दाहालले देउवालाई प्रधानमन्त्री निर्वाचित भएकोमा पुनः बधाइ दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

जवाफमा देउवाले आफू पनि माओवादी केन्द्रका साथै प्रमुख विपक्षी दल नेकपा (एमाले)सहितका दलहरूको सल्लाह र सुझावमा अगाडि बढ्ने बताएको स्रोतले जनाएको छ ।

सरकारी निवासबाट दाहाल आजै लाजिम्पाटस्थित निवास सरेका छन् । लाजिम्पाट सरेका दाहाललाई देउवाले निवासमै गएर परामर्श गरेका हुन् ।