भैरहवा, २४ जेठ । नेपाली कांग्रेस सिद्धार्थनगर नगरपालिका रुपन्देहीका मेयर तथा उपमेयरका उम्मेदवारहरुले भैरहवालाई विकसित र समुन्नत नगर बनाउने उद्यघोष गरेका छन् ।
नेपाली कांग्रेस सिद्धार्थ नगर समितिले बुधवार आयोजना गरेको आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका उम्मेदवार–पत्रकार परिचयात्मक कार्यक्रममा मेयरका उम्मेदवार मातृका प्रसाद यादवले नगरको बृहत विकास र सुन्दरताका लागि अल्पकालीन तथा दीर्घकालीन योजनाहरुमार्फत भैरहवाको बिकास गरिने बताए ।
यसका लागि परम्परागत र जनता झुक्याउने कामले नगरको स्तरउन्नती सम्भव नरहेको प्रस्टाउदै उनले सुरुमा नगर प्रसासनबाट सरल, सहज र पादर्शी शुसासनको प्रत्याभुती नगरवासीले पाउनु पर्ने बताए ।
सो अवसरमा नेपाली कांग्रेस सिद्धार्थ नगर नगरपालिका बडा नं १ का अध्यक्षका उम्मेदवार रमेसमल्ल, २ का जगजीवन पाठक, ३ का चन्द्रवली यादव, ४ का नरेन्द्र रौनीयार, ५ का पुरन प्रसाद श्रेष्ठ, ६ का धिरेन्द्र श्रीवास्तव, ७ का भिमसेन कर्मचार्य, ८ का राजनजगं राणाँ, ९ का श्याम खानाल, १० का बिजय नाथ धवल, ११ का राजेस्वर यादव, १२ का करुणजगं श्रेष्ठ र १३ का सोमबहादुर गुरुङ्ग (सेते) लगायतको सहभागिता रहेको थियो ।












प्रतिक्रिया