भैरहवा, २४ जेठ । असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको संघारमा अहिले दलहरुले दिनदिनै विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् । निर्वाचनमा भाग लिने दलहरुले आ–आफ्ना चुनाबी प्रतिबद्धता पत्र सार्वजनिक पनि गरिरहेका छन् ।
यसैबीच राष्ट्रिय जनमुक्ति पार्टी सिद्धार्थनगर भैरहवाले पत्रकार सम्मेलन नै गरी भैरहवालाई पर्यटन मैत्री नमूना शहर बनाउने त्यसको लागि होम स्टे सन्चालन गर्ने अवधारणा सहितको प्रतिबद्धतता पत्र सार्वजनिक गरेको छ ।
२३ बुँदे प्रतिवद्धता पत्रमा अधिकांश बुँदाहरु पर्यटन र लैंगिक समनताको विषयमा रहेका छन् । तेस्रो मुलुकबाट पैदलमार्ग हुदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया भैरहवालाई पर्यटनमैत्री शहरको रुपमा विकास गर्ने घोषणा समेत जनमुक्तिले गरेको हो ।
उक्त पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता अनुसार सिद्धार्थ नगरपालिकाको वडा नम्बर ९ मा मगर होम स्टे र वडा नम्बर १२ र १३ मा गुरुङ होम स्टे सन्चालन गर्ने जनाएको छ । सो वडाहरुमा ९ मा मगर र १२, १३ मा गुरुङ समुदायको बाहुल्य बसोबास क्षेत्र हो ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै पाटीका संघीय परिषद सदस्य तथा निर्वाचन परिचालन कमिटी २ नम्बर इन्चार्ज सूर्यकुमार सारु मगरले पक्लिहवादेखि गुनहियासम्म डण्डा नदीको दायाँबायाँ हरित मार्ग निर्माण गर्ने र सो मार्गमा भारतीय बाटो हुँदै आउने पर्यटकलाई पैदल हिडाउँदै ल्याउने तथा उनीहरुको भैरहवा बसाइँ लम्बाउन होम स्टेमा बसाल्ने योजना रहेको बताए ।













प्रतिक्रिया