सप्तरी, ३० असोज । सप्तरी कारागारमा टेलिफोन प्रयोगको विषयमा कैदी–कैदीबीच झडप हुँदा मूलनाइके जागेश्वरसहित अन्य ६ जना कैदीहरु घाइते भएका छन् । झडपमा चिर्पटले लागेर मूलनाइके जागेश्वरको हातमा चोट लागेको बताइएको छ ।
झडपछि चारजना कैदीलाई बिहीबार झुम्का कारागारमा स्थानान्तरण गरिएको छ ।
कारागार प्रशासनले चौकीदार बिन्दु यादव, मूल नाइकेहरु जागेश्वर यादव र सुनिल यादव तथा महानन्द सढोकलाई सुनसरीको झुम्कास्थित पूर्वाञ्चल क्षेत्रीय कारागारमा स्थानान्तरण गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जानकारी दिएको छ ।
चन्दु भनिने चन्देश्वर मुखिया, विशेश्वर यादव, सञ्जयकुमार यादव, निर्दलीय भनिने निरन्जन चौधरी, शशीकान्त झा, शेख बाजुदिन र शम्भु चौधरीको समूहबीच ती चार जनाको बुधबार बिहान झडप भएको थियो ।
चौकीदार बिन्दू र मूलनाइके जागेश्वरको समूहले टेलिफोन प्रयोग गर्न नदिएको, रकम माग्दै दुव्र्यवहार गरेको भन्दै बन्दीहरु प्रतिकारमा उत्रेपछि झडप भएको थियो ।
झडपपछि निरीक्षणमा गएको प्रहरी टोलीले कारागार भित्रै तीनवटा मोबाइल र चार पुरिया गाँजा फेला परेको थियो ।















प्रतिक्रिया