१ कार्तिक २०८३, आइतबार

देउवाले फोन गरेपछि तत्कालका लागि मिल्यो काँग्रेस विवाद, पौडेलले मन्त्रीको नाम दिन भने मानेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले सपथग्रहण नगर्दै सुरु भएको काँग्रेसभित्र झगडा तत्कालका लागि साम्य भएको छ ।

सभापति एवं नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको भन्दै छुट्टै बैठक बोलाएका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष एकाएक आफ्नो निर्णय फेर्न बाध्यभ भएको हो । देउवाले फोन गरेर सबै कुरा मिलाउँछु भनेपछि पौडेल पछाडि हटेका हुन् ।

निजी निवास बुढानिलकण्ठमा बोलाइएको पार्टी पदाधिकारीको बैठकमा देउवाले गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाउने निर्णय सुनाएपछि पौडेल बिच्किएका थिए ।

त्यसलगत्तै पौडेल समूहले अनामनगरस्थित सम्पर्क कार्यालयमा छुट्टै बैठक आयोजना गरेको थियो । कुन मापदण्डका आधारमा मन्त्री बनाउने भनी सल्लाह नै नगरी एकल निर्णय गरेको भन्दै पौडेल समूहले आपत्ति जनायो ।

पौडेल समूहको निर्णय थापा पाउनासाथ देउवाले पौडेललाई फोन गरेर छलफलबाट सबै मिलाउने आश्वासन दिएका थिए । त्यसपछि मात्रै पौडेल प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा गए । तर, पौडेल समूहले आफ्नो तर्फबाट मन्त्रीको नाम भने दिन मानेको छैन ।

आफ्नो समूहले कति मन्त्री पाउने भन्ने एकीन नभएसम्म मन्त्रीमण्डलमा कसैको पनि नाम नदिने निर्णय गरेको छ ।