काठमाडौं । गायक तथा संगीतकार गोविन्दमधुर आचार्यले ‘तिमी दामी देखिन्छेउ…’ बोलको गीत रिलिज गरेका छन् ।
गायक एवम् संगीतकार आचार्य र गायिका मेलिना राईको स्वर रहेको यो गीतलाई यूट्यबमार्फत सार्वजनिक गरिएको छ ।
यसलाई हाइलाइट्स नेपालले यूट्यबमार्फत दर्शकमाझ लगेको हो । यो गीतलाई सरोज के.सी.ले लेखेका हुन् ।
गीतका विषयमा धेरा आश लिएको बताएका गायक आचार्यले भने, ‘मेरा धेरै गीतहरू आइसकेका छन् । तीमध्ये अहिलेको यो गीत अलिक भिन्न प्रकारको छ । म्युजिक भिडियोदेखि, शब्द, संगीत र अन्य प्राविधिक पक्षमा विशेष ध्यान दिइएको छ ।’
लेट्स डान्सका क्रु मेम्बर जीवन बुढाथोकी र समीक्षा पौडेलले अभियन गरेका छन् । गीतका कोरियोग्राफर गम्भीर विष्ट हुन् । म्युजिक भिडियोमा छायाँकन पवन गौतमले गरेका हुन् ।
गीतको शब्द र भावअनुसार म्युजिक भिडियो तयार पारिएको गायक आचार्यले बताए । गायिका मेलिना राईले पनि गीतबाट राम्रो प्रतिक्रिया आउने अपेक्षा गरेको बताइन् । भनिन्, ‘मलाई गीत मन परेको छ । नाच्ने खालको गीत बनेको छ ।’















प्रतिक्रिया