अदिस अबाबा (इथियोपिया), २४ जेठ । विना कागजात साउदी अरब बस्दै आएका करिब ५० हजार इथियोपियालीले स्वदेश फर्कन इच्छा व्यक्त गर्दै निवेदन दिएपछि उनीहरुलाई भ्रमणमा आवश्यक कागजात दिइएको छ ।
फिर्ता हुन इच्छुक इथियोपियालीमध्ये ८४.४ प्रतिशत महिला तथा बालबालिका रहेका जनाइएको छ । इथोपियाली सरकारका सञ्चारमन्त्री नेगेरो लेन्चोले मङ्गलबार बताउनुभएको छ ।
कागजात नभएका इथियोपियाली नागरिकरुले साउदी अरबद्वारा स्वदेश फर्कन चाहेमा उनीहरुलाई स्वदेश फर्कन आवश्यक सहयोग गर्ने भनी तोकिएको तीन महिनाको समयअवधि सकिनै लाग्दा ५० हजारको निवेदन परेको थियो । साउदीले यही जुलाईभित्र स्वदेश फर्कन चाहने इथियोपियाली नागरिकलाई आवश्यक कागजातका लागि निवेदन दिन सूचना जारी गरेको थियो । – सिन्ह्वा














प्रतिक्रिया