
बारा, २३ जेठ । बारा जिल्लामा रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य कलामुद्दिन अन्सारी एमालेमा प्रवेश गरेका छन् ।
अन्सारीसँग झण्डै एक सय नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । अन्सारी दोस्रो संविधानसभा निर्वाचनमा बारा क्षेत्र नम्बर ३ बाट २०७० सालमा सो पार्टीबाट उम्मेदवार बनेका थिए ।
कलैयामा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सदस्य इनरदेब प्रसाद दास, सहिम हवारी पनि एमालेमा प्रवेश गरेको बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले जानकारी दिए ।
सिमराको रेल्वेरोडमा पनि विभिन्न दलका करिव २ सय कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई एमालेका सांसद पुरुषोत्तम पौडेलले पार्टीमा स्वागत गरेका हुन् ।















प्रतिक्रिया