२१ कार्तिक २०८३, शनिबार

पत्रकार योगी न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य नियुक्त

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट पत्रकार शिवराज योगीलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य पदमा नियुक्त भएका छन् ।

करिब १७ वर्षदेखि नेपाली पत्रकारितमा सक्रिय इमान्दार, लगनशील, निश्पक्ष पत्रकारिता गर्दै आएका शालिन व्यक्तित्व भएका योगी हाल अन्नपूर्ण दैनिकमा वरिष्ट उपसम्पादकमा कार्यरत छन् ।

कैलाली जिल्लाबाट प्रकाशित सुदूर साप्ताहिकबाट पत्रकारिता सुरु गरेका योगी द्वन्द्वकालमा गोरखापत्रको डोटी सम्वाददाता भएर काम गरेका थिए । उनले मोफसलमा करिब एक दशक पत्रकारिता गरेयता २०६४ सालबाट राजधानीमा पत्रकारिता गर्दै आएका छन् ।

कैलालीमा रहँदा साप्ताहिक हाम्रो परामर्शको सह सम्पादक, नेपाल टाइम्स दैनिकका सम्पादक, हटलाइन साप्ताहिकका सम्पादक र सुदूरपश्चिमममै पहिलोपटक हवाइ पत्रिककाको सुरुवात योगीले गरेका थिए ।

२०६४ साल पुसदेखि देशान्तर साप्ताहिकका डेस्क सम्पादक भएर काम गरेका योगी त्यसपछि शुक्रबार साप्ताहिक, सौर्य दैनिक, माउन्टेन टेलिभिजन हुँदै हाल अन्नपूर्ण पोस्टमा कार्यरत छन् ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य रहेका योगी पत्रकार महासंघ नेपाल वाणी प्रतिष्ठानका पूर्व अध्यक्ष हुन् । उनीसँगै पत्रकार युवरा विद्रोही र ठालु प्रसाद गौतम पनि न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा नियुक्त भएका छन् ।