१ कार्तिक २०८३, आइतबार

नैतिक रुपमा एमालेले भरतपुरमा जित्यो : ज्ञवाली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तम्घास(गुल्मी), २३ जेठ । नेकपा(एमाले)का केन्द्रीय सचिव प्रदीपकुमार ज्ञवालीले नैतिक रुपमा एमालेले भरतपुर महानगरपालिकामा विजय हासिल गरिसकेको जिकिर गर्नुभएको छ ।

चुनावी अभियानका क्रममा गृह जिल्ला आइपुग्नुभएका ज्ञवालीले मुसीकोट नगरपालिकाअन्तर्गत वडागाउँको ग्वादीचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता ज्ञवालीले एमाले उम्मेदवार देवी ज्ञवालीले चुनाव जित्ने पक्का भएपछि सुनियोजित रुपमा माओवादीले मतपत्र च्यातेको आरोप लगाउनुभयो ।

उहाँले एमालेको जनलहरप्रति घेराबन्दी गरिरहेका दललाई निर्वाचन आयोगले समेत साथ दिएको दोषारोपण पनि गर्नुभयो । रासस