खोटाङ, २३ जेठ । खोटाङ जिल्लामा राप्रपाको तर्फबाट २२ वर्षे युवा राज बस्नेत गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् । बस्नेत राप्रपा उम्मेदवारहरूभन्दा निक्कै कान्छा हुन् ।
बस्नेतले खोटाङको लामीडाँडा गाउपालिकाको लागि राप्रपाको तर्फबाट उम्मेद्वारी घोषणा गरेका हुन् ।
स्पष्ट र प्रखर वक्ता बस्नेत नयाँ पुस्तामा पार्टीभित्रका प्रिय नेता पनि मानिन्छन् ।विभिन्न समसामयिक विषयमा गहिरो विष्लेषण गर्ने बस्नेत फरक र द्रुत गतिमा काम गर्न चाहान्छन् उनी ।
राप्रपा निकट विद्यार्थी सङ्गठनका महासचिव समेत रहेका बस्नेत पार्टीभित्र सिर्जनशील युवा नेताका रूपमा परिचित छन् ।
युवा सशक्तीकरण र रोजगारीका निम्ति विविध नयाँ योजना ल्याएका बस्नेतले आफ्नो घोषणा पत्रमा समेत नितान्त नयाँ नाराहरू राखेको उनले दाबी गरे ।
बस्नेतले घोषणा पत्रमा एकल पुरूष भत्ता, टुहुरा बालबालिकालाई भत्ता र बच्चा जन्माएको दुर्इ वर्षसम्म बच्चा र आमालाई पोषण सामाग्रीसहित पोषण भत्ता दिने प्रतिवद्दता जनाएका छन् ।
रोजगारीका निम्ति प्रयोग गरी खेतबारी, बनौ सबै रोजगारी, सरकारी हैन तरकारी, फलाइ नगदे अन्न, कमाऔ पैसा टन्न, फलाऔ तरकारी, पालौ–पालौ बोका खसी, कमाऔ नगद देशमै बसीबसीलगाएत नारा उनले तय गरेका छन् ।
भ्रष्टचार न्यूनीकरणको लागि काम र दाम एकै ठाउँबाट नगर्ने पनि प्रतिवद्धता जनाएका छन् २२ वर्षय उम्मेदवार बस्नेतले ।
स्थानीय रावाखोलाको उच्चतम उपयोगको लागि रावाको पानी धनको खानी नामक नारासहित फरक विधामा लगानीको प्रतावद्धता उनले जनाएका छन् ।
रोचक त के छ भने उनी आफू गाउँपालिक अध्यक्षको उम्मेदवार बन्दै गर्दा उनका पिता चन्द्रसिहं बस्नेत सोही गाउँपालिकाको वडा नं ४ धारापानीको वडा अध्यक्षको उम्मेदवार बनेका छन् ।












प्रतिक्रिया