२१ कार्तिक २०८३, शनिबार

यसरी मनाइयो विश्व वातावरण दिवस

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । ‘प्रकृतिसंग हाम्रो संबन्ध, रहिरहोस अनन्त’ भन्ने नाराका साथ बिश्व बाताबरण दिबस नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।

जुन ५ का दिन बिश्वभर मनाइने यो दिबसका सन्दर्भमा सबैले प्रदुषणमुक्त देश बनाउने प्रतिबद्धता ब्यक्त गर्ने गर्छन् ।

नेपालले पनि आगामी दिनमा नेपाललाई प्रद्ुषणमुक्त बनाई माक्स रहित बनाउने दाबी गरेको छ । जनसंख्या तथा बाताबरण मन्त्रालयले प्रज्ञाभबनमा आयोजना गरेको बिशेष कार्यक्रममा राष्ट्रपति बिधादेबी भण्डारीले शहरदेखि गाउलाई प्रदुषण्मुक्त बनाउन सबैले आआपनो ठाउँबाट भूमिका खेल्न आह्वान गर्नुभएको छ ।

कार्यक्रममा जनसंख्या तथा बाबरण मन्त्री जयलदेब जोशी, सभासद मानबहादुर बिश्वकर्माले सफाइ कार्यक्रमलाई घरघरबाट प्रारंभ गर्नु पर्ने बताउनुभएको छ ।

सो अबसरमा राष्ट्रपति भण्डारीले बिभिन्न क्षेत्रबाट बाताबरणका क्षेत्रबाट योगदान पुगाउनेहरुलाई सम्मान तथा पुरस्कृत गर्नुभएको थियो ।

त्यसैगरी बसुन्धरामा हिमालयन बाताबरण संरक्षण प्रालि र बातबरण संरक्षण केन्द्रले पनि बिशेष कार्यक्रमको आयोजना गरेको थिए ।

गोपाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सरसफाइका लागि टोखालाई नमूना बनाइ अन्य नगरपालिकाले अनुकरण गर्ने खालको बनाउने गरी आफुले योजना बनाउन लागेको बताउनुभएको छ ।

त्यस अघि ¥यालीको उदघाटन टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले गर्नुभएको थियो । ¥यालीले नगरका बिभिन्न ठाउको परिक्रममा गरेको थियो ।

कार्यक्रममा टोखा नगरपालिकाका बडाध्यक्षहरु, बिधार्थी, कलाकार, पत्रकार बिभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरूको सहभागिता थियो ।

वाताबरण सभामा हिमालयन वाताबरण संरक्षण प्रा लिका सचिब भुपाल आचार्य, संचालक गणेश दाहाल, राजन बस्नेत, कलाकार अर्जुन घिमिरे(भद्रगोलका पाडे), तिलक बस्नेत लगायतले बोल्नुभएको थियो ।