मुम्बई । अभिनेत्री रकुलप्रीतले किस सिनलाई लिएर दिएको अभिव्यक्तिले बलिउडमा तरङ्ग उत्पन्न भएको छ । उनले फिल्ममा दिइने किस सिन दिन कुनै आपत्ति नरहने भन्दै कथाले मागे अनुसार गर्न सधैँ तयार रहने बताइन् ।
‘यारियान’की अभिनेत्री हुन् रकुलप्रीत । यो फिल्म २०१४ मा रिलिज भएको हो । तीन वर्षयता उनले बलिउडका कुनै पनि फिल्म खेलेकी छैनन् ।
यारियानमा हिमान्स कोहलीसँग दिएको लिपलक किसकै कारण उनको चर्चा अहिलेसम्म पनि छ । पछिल्लोपटक एक अन्तर्वार्तामा पनि उनी किस सिनबारे खुलेर बोलेकी छिन् ।
ठूलो पर्दामा किस सिन दिन कस्तो लाग्छ भन्ने प्रश्नमा उनले सजिलै जवाफ फर्काएकी छिन्, ‘मलाई त कुनै समस्या नै छैन । कथाले मागेअनुसार भूमिका निर्वाह गर्न के समस्या ? यो त फिल्म स्क्रिप्टको एक हिस्सा हो ।’ उनले भनेकी छिन्– ग्ल्यामर त हाम्रो फिल्म उद्योगको महत्वपूर्ण पाटो हो । – एजेन्सी

























प्रतिक्रिया