वाशिंगटन । अमेरिकाको म्यासाचुसेट्स राज्यको राजधानी बोस्टनमा बस्दै आएका लेखक शिव प्रकाशले नेपाल आविष्कार केन्द्र स्थापना गर्नका लागि महावीर पुनलाई साढे दुई लाख आर्थिक सहयोग गरेका छन् ।
प्रकाशले पुनलाई २ लाख ५७ हजार आर्थिक सहयोग गरेका छन् । उनको घागी नामक पुस्तक तथा प्रकाशक साँग्रिला बुक्स रहेको उक्त पुस्तकबाट आएको कमाईबाट थपथाप गरेर पुनलाई रकम पठाएको बताएका छन् ।
अमेरिकामा करिब १२ सय ५० डलर घागी पुस्तकबाट आएकोमा स्वयम् लेखक तथा उनकी जीवन संगिनी जोत्सना पौड्यालका तर्फबाट त्यति नै रकम थप गरी २५ सय डलर बनाएर नेपालको राष्ट्र बैंकको दरभाउ अनुसार २ लाख ५७ हजार रुपैंया आविष्कार केन्द्रको खातामा जम्मा गरि दिएका हुन् ।
















प्रतिक्रिया