काठमाडौं, २२ जेठ । माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले मंगलबार हुन लागेको प्रधानमन्त्री निर्वाचनमा एमालेले सदन अवरोध नगर्ने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लव नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा रायमाझीले भने, ‘अदालत आदेशले एमालेले सदन अवरोध गर्दैन ।’ उनले मंगलबारदेखि सदन सहज हुने उल्लेख गरे ।
कांग्रेससँग भएको सहमतिअनुसार नै माओवादी केन्द्रले आफ्नो नेतृत्वको सरकारबाट राजीनामा दिएको बताउँदै रायमाझीले सरकारमा जाने विषयमा पार्टीभित्र कुनै विवाद नरहेको बताए ।
उनले भने, ‘म संसदीय दलको उपनेता हुँ, म दाबेदार भन्दापनि यो कुरा स्वभाविक हुन पर्ने हो ।’ रायमाझीले मन्त्री बन्ने दौडामा आफूपनि रहेको संकेत गरे ।
राष्ट्रिय जनता पार्टी नेपालका नेता राजकिशोर यादवले यथास्थितिमा आफूहरू दोस्रो चरणको निर्वाचनमा भाग नलिने बताए । उनले भने, ‘हाम्रा मागहरू सम्बोधन नभएसम्म निर्वाचनमा भाग लिँदैनौं ।’












प्रतिक्रिया