– कृष्ण ओझा
पाँचथर, २२ जेठ । पाँचथरको जिल्ला अस्पतालमा बिरामीलाई सहुलियतमा औषधि उपलब्ध गराउन फार्मेसी सञ्चालनमा ल्याइएको छ ।
आइतबार बिहान प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले फार्मेसी सञ्चालनमा ल्याएका हुन् ।
७० प्रकारका औषधि निःशुल्क उपलब्ध हुने गरेकोमा थप ३० प्रकारका औषधि दश प्रतिशत छुट शुल्क लिएर प्रदान गरिनेछ ।
अस्पताल विकास समितिको पहलमा फार्मेसी सञ्चालनमा ल्याइएको हो ।













प्रतिक्रिया