४ कार्तिक २०८३, बुधबार

जुम्ल्याहा छोरा थुनेर बाबुले लगाए आगो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । एकजना बाबुले जुम्ल्याहा छोरालाई घरभित्र थुनेर आगो लगाएका छन् ।

आगो लागेका नाति च्यापेर बालकका हजुरबाबु उपचार सहयोग माग्दै धादिङबेसी आइपुगेका आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । धादिङको नलाङ गाविस ६ बैरेनी पहरेका बलबहादुर विश्वकर्माले जुम्ल्याहा छोरा राम र लक्ष्मणलाई घरभित्र थुनेर घरमा आगो लगाइदिएको बालकका हजुरबुबा चक्रबहादुर विश्वकर्माले बताए । ७० वर्षीय चक्रबहादुर घाइते दुई नातिको उपचार र सहयोग खोज्दै सदुमुकाम धादिङबेसी आइपुगेका हुन् ।

चक्रबहादुरले भने,‘आफ्नै बाउ अधर्मी भएपछि कसको के लाग्दो रहेछ र ? रक्सीले मातेको बेलामा बच्चाहरुलाई घरभित्र थुनेर आगो लगायो । तर एउटा नातिको पाखुरो र टाउको आगोले जलायो ।’

आगोले पोलेर लक्ष्मण विश्वकर्माको हात ,पाखुरा,कुम र टाउको नराम्ररी जलेको छ । आफूसँग भएको पैसाले सामान्य उपचार गरेको र थप उपचारका लागि सहयोग खोज्दै सदरमुकाम आएको चक्रबहादुरले बताए । बालककी आमालाई पनि बलरामले सधै रक्सी खाएर कुटपिट गर्ने गरेकाले उनी नानीहरुलाई अलपत्र छाडेर अन्यत्र गएकी छन् ।