काठमाडौं । दोस्रो नेपाली तारा सन्तोष लामाको स्वर रहेको ‘कोही त बताइदेउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
आफ्नो मन, कसले सुरुवात ग¥यो’ लगायतका चर्चित गीतबाट चिनिएका गीतकार कृष्ण केसीको शब्द गीतमा रहेको छ ।
युट्युवमार्फत सार्वजनिक गीतको भिडियोमा सुमन कँडेल, यमुना गैरेको मोडलिङ रहेको छ । जीवन रसाइलीको सम्पादन, छायाँकन र निर्देशन रहेको भिडियो आकर्षक बनेको छ । भिडियोमा कसैसँग माया किन हुन्छ ? भन्ने प्रश्नको जवाफ खोजिएको छ ।
हरि लम्सालको संगीत रहेको गीतमा सन्तोष लामाको स्वर छ । ‘दोश्रो नेपाली तारा’ सन्तोष नेपाली चलचित्रको पाश्र्व गायनदेखि आधुनिक र पप गायनमा अहिले भिजेका छन् ।
‘बेहुली, बटुवा’ जस्ता गीत बजारमा ल्याइसकेका सन्तोषले चलचित्र ‘विर्खेलाई चिन्छस्, प्रेमगीत’ जस्ता चलचित्रमा समेत स्वर दिइसकेका छन् ।
गीतले आफ्नो गायकन करियरलाई नयाँ उचाइ दिने गायक सन्तोषले बताए ।















प्रतिक्रिया