४ कार्तिक २०८३, बुधबार

एनसेलले तिर्‍यो १३ अर्ब ६० करोड पुँजीगत लाभकर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु १३ अर्ब ६० करोड पुँजीगत लाभकर तिरेको छ ।

आन्तरिक राजस्व विभागकाअनुसार आइतबार एनसेनले ठूलो करदाता कार्यालय, हरिहर भवनमा उक्त रकम बराबरको पुँजीगत लाभकर दाखिला गरेको हो ।

विभागकी उपमहानिर्देशक चन्द्रकला पौडेलले एनसेलले ठूलो करदाता कार्यलयमा सो रकम बुझाएको विभागलाई जानकारी गराएको बताउनुभयो ।

एनसेलले यसअघि पनि सरकारलाई रु नौ अर्ब ९६ करोड ९५ लाख पुँजीगत लाभकर सरकारलाई बुझाएको थियो ।