२९ आश्विन २०८३, बिहिबार

राष्ट्रसङ्घको प्रतिवन्द ‘तुच्छ’: उत्तर कोरिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोल (दक्षिण कोरिया), २२ जेठ ।संयुक्त राष्ट्रसङ्घले प्योङयाङविरुद्ध लगाएको नाकाबन्दीलाई ‘तुच्छ’ गतिविधि भएको भन्दै उत्तर कोरियाले आफ्ना आणविक तथा क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाई अघि बढाउने जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले अमेरिकाद्वारा तयार पारिएको सङ्कल्प प्रस्तावलाई शुक्रबार एकमतले पारित गर्दै उत्तर कोरियाका केही उच्च अधिकारी तथा संस्थामाथि लक्षित गरी प्रतिबन्ध लगाउने घोषणा भएको थियो ।

प्रस्तावमा प्योङयाङको संदिग्ध जासुस प्रमुख, १३ अन्य अधिकारी र चार वटा सङ्घसंस्थालाई प्रतिबन्ध लगाउने कालोसूचीमा राखिएको छ । प्रस्तावमा उनीहरुले विश्वका अन्य राष्ट्रमा भ्रमण गर्न प्रतिबन्ध लगाइएको छ भने उनीहरुको सम्पत्ति रोक्का गरिएको छ ।

उत्तर कोरियाको विदेश मन्त्रालयले संयुृक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्द्वारा हाम्रो आणविक कार्यक्रमलाई मजबुत बनाउने पहललाई रोक्न गरेको प्रयासको निन्दा गर्दै प्रतिबन्धलाई अस्वीकार गर्ने निर्णय गरेको उक्त मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

“वासिङटनले उत्तर कोरियासँग वार्ता गर्न सकिने भनी दिएको धारणामा कुनै तुक नरहेको बताउँदै ‘कपटी’ पूर्वसर्त तथा अधिकतम दबाबसहित वार्तामा बस्नुको कुनै अर्थ रहँदैन” प्योङयाङ विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी गरिएको विज्ञप्तिलाई उद्धृत गर्दै ऐएनसीए न्युज एजेन्सीले जनाएककोे छ । – एएफपी