२१ कार्तिक २०८३, शनिबार

सबै उम्मेदवारको टुंगो नलाग्दै घोराहीमा कांग्रेसले थाल्यो घरदैलो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, २१ जेठ । दाङको घोराही उपमहानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो प्रचार प्रसारलाई तीब्रता दिएको छ ।

मेयर र उपमेयर पदमा उम्मेदवारी घोषणा गर्न नसकेपछि कांग्रेसका वडा अध्यक्ष र सदस्यहरूले धमाधम घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

नेपाली कांग्रेसले घोराही उपमहानगरपालिकामा अझैसम्म पनि मेयर र उपमेयरमा उम्मेदवार दिन नसकेको हो ।

प्रमुख प्रतिद्वन्द्वी एमालेले मेयरमा नरुलाल चौधरीलाई मेयर पदमा उम्मेदवार बनाइ सकेको छ । एमालेले पनि धमाधम घोराही उपमहानगरपालिकामा प्रचार प्रसार थालेको छ ।

कांग्रेसले १ देखि १९ नं. वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

वडा नं. १७ मा पनि घरदैलो कार्यक्रम भइरहेको छ । कर्जाहीबाट सुरु भएको घरदैलो कार्यक्रम आइतबार चौघेरा, डबरी, गैरागाँउलगायतका स्थानमा सम्पन्न भएको वडा अध्यक्षका उमेदवार बुझाउना चौधरीले जानकारी दिए ।