३ कार्तिक २०८३, मंगलबार

एक्सपर्ट मिस एसईईको उपाधि धाइजनकी दीपिकालाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । एक्सपर्ट मिस एसईई– २०१७ को ताज झापा धाइजनकी दीपिका बानियाँले पाएकी छन् । शनिबार अबेर रातिसम्म चलेको ग्राण्ड फिनालेमा अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै बानियाँ बिजेता बनेकी हुन् ।

प्रतियोगिताको फस्ट रनरअप बिर्तामोडकी रिया आचार्य र सेकेण्ड रनअप काँकरभिट्टाकी अरुणरिद्धि राई बनिन् । बिजेताले नगद ५० हजारसहित कक्षा ११–१२ अध्ययनका लागि पूर्ण छात्रबृत्ति प्राप्त गरिन् ।

फस्ट रनअपले २० हजार नगद, सेकेण्ड रनरअपले १५ हजार नगद सहित छात्रबृत्ति पाएको ड्रिम्स वर्ल्ड इन्टरटेण्टमेन्टकी अध्यक्ष निशा खड्काले जानकारी दिइन् ।