४ कार्तिक २०८३, बुधबार

नख्खु कारागार कैदी बन्दीको नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असोज । सरुवा लगायतको माग गर्दै  नख्खु कारागारका कैदी बन्दीले कारागारको ‘सी ब्लक’ नियन्त्रणमा लिएका छन् ।

मूलगेटमा भित्रबाट ताला लगाएर उनीहरुले नियन्त्रणमा लिएका हुन् ।  झण्डै साढे २ सय कैदीबन्दी रहेको सी ब्लकमा तालवन्दी भएपछि जेल प्रशासन भित्र जान सकेको छैन ।
आन्दोलनमा उत्रिएका कैदी बन्दीले जेल प्रशासन, नाइके, भाइ नाइके लगायतले मनपरी रकम असुल्ने र कुटपिट गर्ने लगाएतको आरोप लगाएका छन् ।

कैदीबन्दीहरुले ब्लकको मूल गेटमा ताला लगाएर जेल प्रशासनविरुद्ध नाराबाजी समेत गरेका छन् ।