२१ कार्तिक २०८३, शनिबार

एमालेको अबरोध भएपछि संसद बैठक ३ बजेसम्म स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । प्रमुख विपक्षी दल एमालेले व्यवस्थापिका संसदको अवरोध कायमै राख्ने भएपछि संसदको बैठक ३ बजेसम्म स्थगित भएको छ ।

एमालेको अबरोधले प्रधानमन्त्री निर्वाचनसमेत प्रभावित भएको छ । संसद बैठक बिहान ११ बजे बोलाइएको थियो ।

बैठकमा प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यसूची छ । प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ ।

संसदको अवरोध खुलाएर संविधान र नियमावली बमोजिम प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने विषयमा सभामुखले संसदमा रहेका प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल र सहमतिको प्रयास शुरु गर्न लागेकी छन् ।

सभामुख ओनसरी घर्तीमगरले सचेतकहरूसँग गरेको छलफलबाट कुनै निश्कर्ष नआएपछि प्रमुख दलका नेतासँग छलफल गर्न भन्दै बैठक तीन बजेसम्म स्थगित गरेकी हुन् ।