२९ आश्विन २०८३, बिहिबार

लन्डनको ब्रिजमा भयानक आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, २१ जेठ । सेन्ट्रल लण्डनको लण्डन ब्रिजमा पैदल हिँडिरहेका मानिसहरूमाथि भ्यानमा रहेका व्यक्तिबाट आक्रमण भएको छ ।

आक्रमबाट एक जनाको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् । मृतकको संख्या बढ्ने आशंका छ ।

स्थानीय समय अनुसार राति १० बजेर ८ मिनेटमा एक सेतो भ्यानले पुलमा हिँडिरहेका मानिसहरुलाई ठक्कर दिएको थियो । भ्यान पुलको फुटपाथमा चढेको थियो । त्यसक्रममा केही मानिसमाथि छुरा प्रहार भएको अधिकारीहरुले बताएका छन् ।

बेलायतका प्रधानमन्त्री टेरिजा मेले यो घटनालाई सम्भावित आतंकवादी क्रियाकलाप भनेकी छन् ।

लण्डन ब्रिज रेल्वे स्टेशन बन्द गरिएको छ भने प्रहरीले सम्भावित तीन आक्रमणकारीको खोजी भइरहेको छ । – बीबीसी