२१ कार्तिक २०८३, शनिबार

राजपा र संघीय फोरमले देउवालाई समर्थन गर्ने संकेत, बैठक बस्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने संकेत गरेको राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक बस्दैछ ।

काठमाडौंको बिजुलीबजारस्थित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा अहिले केही समयपछि बस्ने बैठकले देउवालाई समर्थन दिने निर्णय गर्ने स्रोतले जनाएको छ ।

राजपा नेपालका नेता केशव झाले बिहान ९ बजे अध्यक्षमण्डलको बैठक बस्न लागेको जानकारी दिए । ‘कांग्रेसका तर्फबाट शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्रीमा समर्थन गर्न भनेर पत्र आएको छ’, उनले भने, ‘सो विषयमा अध्यक्षमण्डलमा छलफल हुन्छ । एउटा निर्णय गरेर राजपा अगाडि बढ्छ ।’

उता, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निर्वाचनमा के गर्ने भनेर निर्णय गर्न बैठक बोलाइएको अध्यक्ष यादवले जानकारी दिए ।