२९ आश्विन २०८३, बिहिबार

काबुलमा विस्फोटमा अठार जनाको मृत्यु, बाह्र घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल (अफगानिस्तान), २१ जेठ । अफगानिस्तानको राजधानी काबुलमा शनिबार एक अन्त्येष्टि समारोहलाई लक्षित गरी गराइएको विस्फोटमा परी १८ जनाले ज्यान गुमाएकोे र १२ जना घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि विष्पाटमा परीे कम्तीमा १० जनाको मृत्यु भएको प्रारम्भिक सूचना रहेको गृहमन्त्रालयका प्रवक्ता नाजिव डेनिसले दिनुभएको थियो ।

हमलाकारीले अन्तेष्टि समारोहका सहभागीलाई लक्षित गरी एक पछि अर्को गर्दै तीनवटा विष्पोट गराएका काबुलबाट प्राप्त समाचारमा जनाइएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान कूटनीतिज्ञहरुको आवासलाई लक्षित गरी भएको एक भीषण आत्मघाती आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको थियो भने आक्रमणमा परी महिला र बालबालिकासहित ३२० भन्दा बढी घाइते भएका थिए । – सिन्ह्वा