
सप्तरी, २० जेठ । सप्तरीको राजविराज नगरपालिकाको मेयर बन्ने गरी संघीय समाजवादी फोरमका प्रभावशाली नेता सुखराम यादव एमालेमा प्रवेश गर्ने घोषणा गरेका छन् ।
फोरमका मधेश प्रदेश सदस्य रहेका यादवले शुक्रबार सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गरी फोरम परित्यागको घोषणा गरेका हुन् । सहयोगीसहित एमाले प्रवेश गर्ने घोषणा गरेका यादव सप्तरीका प्रभावशाली नेता मानिन्छन् ।
दोस्रो चरणको मुखमा पार्टी छाडेपछि उपेन्द्र यादव नेतृत्वको फोरमलाई धक्का लागेको छ । एमालेले मधेशमा मधेशवादी र
अन्य दलबाट प्रवेश गराएर टिकट दिने योजना बनाएको छ । सोही अनुसार, केही दिन पहिले सिरहाको लहान नगरपालिकाको मेयरको उम्मेदवार बन्ने गरी पूर्वमेयर मुन्नी साह एमाले प्रवेश गरेका थिए ।















प्रतिक्रिया