डालस । अमेरिकामा रहेका पत्रकारहरूको साझा संगठन (नेजा)ले यही जुन १७ गते ‘सांगीतिक साँझ’ आयोजना गर्ने भएको छ ।
विभिन्न दुरघटनाका घाइते, बिरामी वा मृत्यु हुने पत्रकार र उनीहरुको परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित नेजाको आपतकालीन कोषको सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको हो ।
नेजा सांगीतिक साँझका आकर्षणमा लामो समय देखि नेपाली लोक गीतमा क्रियाशील चर्चित लोक गायक बिमल डाँगी रहेका छन् । डाँगी हाल अमेरिका कै न्यु योर्कमा बसोबास गर्दै आएका छन् ।
‘पानसमा बत्ति बालेको’ बोलको गीतबाट सर्वाधिक चर्चाको शिखरमा रहेका डाँगीले हालसालै परदेशीहरुको व्यथा समेटिएको ‘भैयो परदेशी’ बोलको गीत बजारमा ल्याएका छन् ।
चर्चित तथा अत्याधिक रूचाइएका कलाकारका कारण पनि सांगीतिक साँझ भव्य हुने आयोजकको दावी छ ।
सम्पूर्ण कलाकारहरुको प्रस्तुति जम्मा २० डलर मा राति १ बजे सम्म हेर्न पाइने छ । दर्शकले तिरेको पैसाको केही भाग कल्याणकारी कोषमा पनि जम्मा गर्ने आयोजकको योजना छ ।















प्रतिक्रिया