१ कार्तिक २०८३, आइतबार

सिड्नीमा गायकद्वय कुमार बस्नेत र कर्ण दासबीच ‘घम्साघम्सी’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अष्ट्रेलिया । पहिलोपटक आफ्नो सांगीतिक प्रस्तुति लिएर बरिष्ठ लोकगायक कुमार बस्नेत बिहीबार अष्ट्रेलियाको सिड्नी आइपुगेका छन् ।

अर्का गायक कर्णदास पनि बिभिन्न स्थानहरूमा सांगितिक प्रस्तुतिका लागि अहिले अष्ट्रेलियामा छन् । अलग विधाका सफल गायकहरुको सांगीतिक प्रस्तुति एकैदिनमा राखिएपछि दर्शकहरू भने कुन कार्यक्रममा जाने र कसलाई सुन्ने अलमलमा छन् । दुबैको कार्यक्रम सिड्नीमा शनिबार साँझको लागि राखिएको छ ।

कुमार बस्नेत झापाली समाजले आयोजना गरेको सांगितिक कार्यक्रमका लागि आएका हुन् । कर्ण दास इन्टरनेसनल नेपाल फेलोसिपले आयोजना गरेको कार्यक्रममा प्रस्तुति दिंदैछन् ।

आयोजकहरुका अनुसार कुमार बस्नेत र नायिका नीता ढुङ्गाना समेत सहभागी कार्यक्रम झापा जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने जनाएको छ ।

कर्ण दासको कार्यक्रमबाट पोखरामा निर्माणाधिन ग्रिन पाश्चर अस्पताल लागि सहयोग संकलन गर्ने लक्ष्य राखिएको बताइएको छ ।

कर्णदासको कार्यक्रमलाई सिड्नीमा सहयोग गरिरहेका माया इभेन्टसका प्रबिन घिमिरेले आफूहरूको कार्यक्रम यसअघि नै तय भइसकेकाले समय फेरबदल गर्न नसकिएको सुनाए ।

झापाली समाजका महासचिव रुपराज मैनालीले कार्यक्रम अलिक अघि नै तय गरिएका कारणले जुध्न गएको बताए ।

बस्नेतले करिब ३ सय दर्शकहरुसामु सिड्नीको मराना अडिटोरियममा आफ्नो प्रस्तुती दिदै छन् । करिब ३ सयकै सहभागितामा कर्ण दासले सिड्नीकै रेड क्यापसिकम हलमा प्रस्तुति दिने छन् ।